बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर

इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर

 |  शुक्रबार, वैशाख १२, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- इसेवाले 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाउन कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । 

उक्त अफर वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । सोही अवधिभर इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्ने छन् भने एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने छन् । 

उक्त अफर अन्तर्गत क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर गर्ने तथा क्यूआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुने कम्पनीले बताएको छ।
 

प्रकाशित: Apr 25, 2025| 12:55 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्