शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मोबाइल वितरक संघको नयाँ नेतृत्वलाई मोबाइल आयातकर्ताको स्वागत

मोबाइल वितरक संघको नयाँ नेतृत्वलाई मोबाइल आयातकर्ताको स्वागत

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं- नेपाल मोबाइल वितरक संघ (एनएमडिए) को नयाँ कार्यसमितिलाई मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले बधाई तथा स्वागत गर्दै आगामी दिनमा मोबाइल बजारलाई सुरक्षित र मर्यादित बनाउन आपसी सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

National life

काठमाडौंमा आयोजित एक कार्यक्रममा एमपिआइएका अध्यक्ष दिपक कुमार मल्होत्राले एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठी र कार्यसमिति सदस्यहरूलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, उनले दुई कार्यकालसम्म एनएमडिएको नेतृत्व सम्हालेका निवर्तमान अध्यक्ष दिनेश चुल्याद्योलाई योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को प्रभावकारी कार्यान्वयनका लागि एमपिआइए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए) बीच सहकार्य आवश्यक रहेको बताए । उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुरक्षित बजार वातावरण सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

एमपिआइएका उपाध्यक्ष संजय अग्रवालले मोबाइल कारोबारमा बढ्दो असुरक्षित उधारो प्रणाली र अवैध मोबाइल आयातलाई रोक्न तुरुन्त कदम चाल्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले व्यावसायिक शुद्धता कायम गर्दै मोबाइल बजारलाई थप व्यवस्थित बनाउन एमपिआइएसँग सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाए। उनले वर्तमान चुनौती र भविष्यका सम्भावनाको चर्चा गर्दै सहकार्यबाट नै समाधानको बाटो खुल्ने विश्वास व्यक्त गरे।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 25, 2025| 12:53 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्