काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।
बिहीबार प्रतितोला एक लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार कायम भएको छ।