शुक्रबार, पुस ११, २०८२

यातायात कार्यालय बाराले उठायो ७ करोड ३६ लाख राजस्व

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

वीरगञ्ज- बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको बैशाखको पहिलो सातासम्ममा सात करोड ३६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। 

National life

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले संकलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढंगले वृद्धि भइरहेको र यस अवधिसम्म ७ करोड ३६ लाख ५७ हजार ६ सय ७५ रूपैयाँ राजस्व संकलन भएको जानकारी दिए।

'कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म चार करोड ३० लाख रूपैयाँ राजस्व संकलन गरेको थियो। त्यसयता बैशाखको पहिलो सातासम्म तीन करोड ६ लाख ५५ हजार रूपैयाँ राजस्व संकलन भएको छ। पछिल्ला महिनामा राजस्व संकलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ', उनले भने।

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा एक करोड दुई लाख रूपैयाँ रकम राजस्व संकलन हुँदै आएको छ।

कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व संकलन बढेको जनाएको छ। यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट तीन करोड ४० लाख ३९ हजार ९ सय ४३ रूपैयाँ रकम राजस्व संकलन भएको छ।

Laxmi sunrise bank
kumari

यातायात क्षेत्रको आम्दानीबापत ४० लाख ८४ हजार ५ सय ४० रूपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

अन्य प्रशासनिक सेवा शुल्कबापत २५ हजार ५ सय रूपैयाँ र बेरुजुबापत ६७ हजार ३ सय ३६ रूपैयाँ रकम संकलन भएको छ। कार्यालयले चालु आवमा करिब १० करोड रूपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। रासस

प्रकाशित: Apr 24, 2025| 16:31 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्