शुक्रबार, पुस ११, २०८२

रेलेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न, परीक्षण सुरु

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना निर्माण भएको छ। आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण थालिएको हो। 

National life

आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले निर्माण भएका भौतिक संरचनाको परीक्षण थालिएको र यही महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने तयारी गरेको जानएका छन्। ‘बाँध देखि विद्युतगृहसम्म पानी ल्याउन जडान भएको पाइपलाइनमा पानी भरेर प्राविधिक टोलीबाट परीक्षण थालिएको छ’ उनले भने, ‘भौतिक संरचना निर्माण र उपकरण जडानको काम सकेर परीक्षणको काम अन्तिम चरणमा पुगेको छ।’

निर्माण कम्पनीले खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०/५० मिटर लामा दुईवटा पानी थिग्राउने पोखरी (डसेण्डर), रेलेखर्कमा विद्युतगृह निर्माण र बाँध देखि विद्युतगृह सम्म ३ हजार ६ सय मिटर लामो पाइपलाइन जडान गरेको छ। रेलेखर्कको विद्युतगृह, स्विचयार्ड र दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रशारण लाइन निर्माण भएको छ।

सुरुङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो। पाँच सय पाँच मिटर माथिबाट विद्युतगृहमा पानी खसालेर विद्युत उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ। 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७९ मा निर्माण शुरु भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्याउँदा कार्यतालिका प्रभावित बनेको थियो। अस्थायी बाँध बनाएर डिसेण्डरमा पानी खसालेर आयोजना सञ्चालन गर्न लागिएको जनसम्पर्क अधिकृत पाण्डेले बताए। 

Laxmi sunrise bank
kumari

एक अर्ब २० करोड रुपैयाँलागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। यस आयोजनाले नारच्याङको बेशीगाउँदेखि लेकगाउँहुदै बाँध र विद्युतगृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ। आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको वडा सदस्य श्याम पुर्जाले जानकारी दिए। रासस

प्रकाशित: Apr 24, 2025| 19:01 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्