शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक ३२.३८ अंकले घट्यो, साढे सात अर्बको कारोबार

नेप्से परिसूचक ३२.३८ अंकले घट्यो, साढे सात अर्बको कारोबार

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

काठमाडौं- सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३२.३८ अंकले घटेर २६५५.९४ विन्दुमा ओर्लिएको छ।

National life

पछिल्ला तीन कारोबार दिनयता निरन्तर नेप्से घटिरहेको छ। आज कुल २८ कम्पनीको सेयर मूल्य बढ्यो भने २१७ कम्पनीको घट्यो। 

आज कुल ६४ हजार १४० पटकको किनबेचबाट ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

आज सबै उपसमूह घटेका छन्। निर्जीवन बिमा १२३.३२, विकास बैंक १०५.०३, होटल तथा पर्यटन ७३.११ र जलविद्युत ६२.२१ अंकले घटेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, राधी विद्युत कम्पनी, विन्द्‍यवासिनी हाइड्रोपावर डेभलपमेन्ट र सिटिजन्स सुपर ३० म्युचअल फन्डका लगानीकर्ताहरुको सेयर मूल्य बढ्यो।

Shivam cement

कर्पोरेट विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, सानीमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताहरुले गुमाए।

प्रकाशित: Apr 23, 2025| 15:43 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्