शुक्रबार, पुस ११, २०८२

बागमतीमा लक्ष्यअनुरुप उठेन राजस्व

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

बागमती- बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन्। घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो।

National life

घरजग्गा रजिस्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ। दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब ५५ करोड ८९ लाख रूपैयाँ राजस्व संकलन हुने अनुमान गरिएकामा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रूपैयाँमात्र संकलन भएको छ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसनबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार रूपैयाँ संकलन भएको छ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा सात अर्ब ५० करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार रूपैयाँ मात्र संकलन भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट)बापत आठ अर्ब ६१ करोड ८५ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा रु पाँच अर्ब ६४ करोड ८१ लाख संकलन भएको छ भने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरिएकामा एक अर्ब ९२ करोड ४१ लाख २१ हजार रूपैयाँमात्र असुली भएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 23, 2025| 17:31 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्