मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • असगर अलीसँग जोडियो शिक्षामन्त्रीको राजीनामा, के हो एम्बिसन गुरु प्रकरण ?

असगर अलीसँग जोडियो शिक्षामन्त्रीको राजीनामा, के हो एम्बिसन गुरु प्रकरण ?

 |  मंगलबार, वैशाख ९, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

vianetvianet

काठमाडौं- शिक्षामन्त्री विद्या भट्टराईले अचानक राजीनामा दिएपछि अहिले यसबारे विभिन्न कोणबाट बहस भइरहेको छ।

triton college

शिक्षक आन्दोलन, प्रधानमन्त्री केपी ओलीको असहयोग र चिकित्सक निर्वाह भत्ताको विषयलाई लिएर उनले राजीनामा दिएको चर्चा भइरहेको छ। उनी आफैंले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्। 

सतहमा यी तीन विषय आए पनि शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने अर्को कारक भने असगर अली रहेको जानकार स्रोत बताउँछ। अली प्रधानमन्त्री ओलीका आईटी विज्ञ हुन्। अघिल्लो प्रधानमन्त्री कालमा समेत आईटी विज्ञ बन्ने अवसर पाएका अलीलाई यसपटक पनि ओलीले सचिवस्तरीय सुविधा दिएर नियुक्त गरेका थिए। असार ३० गते प्रधानमन्त्री बनेका ओलीले साउन १३ गते अलीलाई नियुक्त गरेका थिए।

प्रधानमन्त्री ओलीसँग भट्टराईको दुरी बढाउने प्रमुख कारक बनेका थिए अली। उनी त्यसै पनि पटक-पटक विवादमा तानिइरहने व्यक्ति हुन्। अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पनि अली आईटी विज्ञ नियुक्त भएका थिए र विवादमा तानिएका थिए। निजी कम्पनी चलाउने अलीले प्रधानमन्त्रीको सल्लाहकार पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिँदै आएको सार्वजनिक हुँदै आएको छ।

यसपटक अलीले एसइइको नतिजालाई कमाउने माध्यम बनाए। एसईइको नतिजा खराब आएपछि प्रधानमन्त्री ओलीले निःशुल्क ट्युसनदेखि अनलाइन क्लाससम्मको स्किम सार्वजनिक गरिरहेका थिए। यसलाई सदुपयोग गर्दै असगरले एसइई लक्षित अनलाइन कक्षाका लागि शैक्षिक सामग्री बनाउने योजना ल्याए।

National life insurance

यो प्रस्ताव लिएर उनी शिक्षामन्त्री विद्या भट्टराईलाई भेट्न गए। शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस्तै काम गर्दै आएको छ। केन्द्रले यस्तै अडियो र भिडियो सामग्री उत्पादन गर्दै आएको छ। जुन काम सरकारी निकायले गरिरहेको छ, त्यही काम किन निजी कम्पनीलाई दिने भनेर मन्त्री भट्टराईले असगरको प्रस्ताव अस्वीकृत गरिदिइन्।

आफू निकटका असगरको प्रस्ताव अस्वीकृत भएपछि प्रधानमन्त्री ओली मन्त्री भट्टराईसँग चिढिए। आफ्नै पार्टीको मन्त्री भएर पनि असहयोग गरेकोमा उनको असन्तुष्टि थियो। त्यसपछि असगरको प्रस्ताव प्रधानमन्त्री कार्यालयबाट अघि बढ्यो। असगरको कम्पनीले बनाएको ‘एम्बिसन गुरु’ एपको प्रवर्द्धन गर्न शिक्षा मन्त्रालयको कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा तानियो। त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखा प्रमुख उपसचिव गोविन्द अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो। 

यसबाट असन्तुष्ट मन्त्री भट्टराईलाई प्रधामन्त्री ओलीले पेल्ने र अपमान गर्ने काम जारी राखेपछि राजीनामा दिन बाध्य भएको उनी निकट व्यक्तिहरु बताउँछन्। 

प्रकाशित: Apr 22, 2025| 21:28 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्