आइतबार, मंसिर २८, २०८२

कक्षा १२ को परीक्षा स्थगित

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

काठमाडौं- यही वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।

National life

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय बोर्डले गरेको छ।

आज बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो। शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने सरकारको तयारी थियो।

तीन सातादेखि शिक्षक र विद्यालयका कर्मचारी आन्दोलनको दबाब झेल्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजोमात्र राजीनामा दिएकी छन्।

प्रकाशित: Apr 22, 2025| 20:17 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्