बिहीबार, पुस १०, २०८२

छतमा सोलार प्यानल राख्न ग्लोबल आइएमई बैंकले ऋण दिने

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- ग्लोबल आइएमई बैंकले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ।

यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन्।

यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरु जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ। बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनतर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो।

प्रकाशित: Apr 22, 2025| 17:18 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्