बिहीबार, पुस १०, २०८२

न्यायाधीशले सफाइ पाएपछि आरतीको यस्तो अनशन

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

National life
Laxmi sunrise bank
kumari

वैवाहिक बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावल उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडि अर्धनग्न अनशनमा बसेकी छन्।

मंगलबार कार्यालय समय सुरु हुनुअघि नै गेट बाहिर अनशन बसेकी गिरीलाई केही समयमा प्रहरीले उठाएर लगेको थियो।

यशी वैशाख १ गते सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागारबाट मुक्त भएका थिए। उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो। गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन्। त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बन गरेको थियो।

प्रकाशित: Apr 22, 2025| 16:58 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्