बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना अनिवार्य

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना अनिवार्य

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

काठमाडौं- धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक-अभिभावक संघका पदाधिकारी, सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ। 

National life

गाउँ कार्यपालिका कार्यालयले मंगलबार सूचना जारी गरेर उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउनुपर्ने निर्णय गरेको हो। 

'गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८२–०१–०७ गतेको १४०औं बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोहीअनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ,' विद्यालयकी वरिष्ठ निरीक्षक दुर्गादेवी खड्काले जारी गरेको सूचनामा उल्लेख छ। 

प्रकाशित: Apr 22, 2025| 16:51 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्