बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भरतपुरका तीन हजारभन्दा बढी करदाताले बुझाएनन् आय विवरण

भरतपुरका तीन हजारभन्दा बढी करदाताले बुझाएनन् आय विवरण

 |  मंगलबार, वैशाख ९, २०८२
machha bankmachha bank

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

vianetvianet

चितवन- आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार एकसय करदाताले आफ्नो आय विवरण बुझाएका छैनन्। पुस मसान्तभित्र आय विवरण बुझाइसक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन्।

Kumaribank

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ। पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन्। ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताए। 

उनले भने, 'पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन्।' यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाताहरुलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन्।

विवरण नबुझाउँदा शुल्क र ब्याज करदाताले तिर्नुपर्ने भएकाले ब्याजबाट जोगिन करदाताहरुलाई उनले आग्रह गरे। कार्यालयका अनुसार यहाँ ७२ हजार ५६२ करदाता छन्। आय विवरण बुझाउन र कर बुझाउनका लागि करदाता शिक्षा, प्रचारप्रसार, पम्प्लेट वितरण, माइकिङ, संकलन भ्रमण र स्थानीय तहसँग समन्वयलगायतका काम भइरहेका छन्।

कार्यालयले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ९० दशमलव ३८ प्रतिशत कर संकलन गरेको छ। गत चैत मसान्तसम्म १६ अर्ब ५८ करोड ३२ लाख ९६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सो अवधिभित्र राजस्व विभागले १८ अर्ब ३४ करोड ६९ लाख १० हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। 

Metro Mart

गत आर्थिक वर्षको सोही समयमा कार्यालयले १३ अर्ब ९३ करोड ८३ लाख १० हजार रूपैयाँ राजस्व संकलन गरेको थियो। सो समयमा विभागले १९ अर्ब ८९ करोड ६४ लाख १९ हजार रूपैयाँ लक्ष्य तोकेको थियो। विभागले तोकेको लक्ष्यको ७० दशमलव ०५ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। रासस

प्रकाशित: Apr 22, 2025| 19:31 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्