बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको रिट हिजो हेर्न नमिल्नेमा राखेको थियो।

लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेकी थिइन्। लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो।

लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा पुर्पक्षका लागि थुनामा छन्। रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।

उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएको थियो।
 

प्रकाशित: Apr 22, 2025| 16:36 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्