शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गभर्नर नियुक्तिमा अलमल, सिफारिस समितिका एक सदस्यले दिए राजीनामा

गभर्नर नियुक्तिमा अलमल, सिफारिस समितिका एक सदस्यले दिए राजीनामा

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेपछि उनले राजीनामा दिएका हुन्।

National life

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा पूर्वगभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य थिए।

राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ। तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिए पनि अहिलेसम्म नियुक्त हुन सकेको छैन।

नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुने भएपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी दिएका छन्।

उता गभर्नर नियुक्तिको विषयमा सर्वोच्च अदालतमा पनि रिट परेको छ।

Shivam cement

प्रकाशित: Apr 22, 2025| 16:22 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्