शुक्रबार, पुस ११, २०८२

शिक्षामन्त्रीको राजीनामाबारे बोले प्रधानमन्त्री ओली

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोमा असन्तुष्टि जनाए। उनले भने, 'उहाँ मैले बनाएको मन्त्री हो, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।'

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गरे। एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने ओलीले प्रष्ट पारे।

प्रकाशित: Apr 22, 2025| 16:09 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्