बुधबार, असोज १४, २०८३

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

नवलपरासी- सुक्खा पहिरोका कारण नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए।

अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीसाधन जाममा परेका छन्। पहिरो खसिरहेकाले भित्ता काटेर सडक बनाउनुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनक बन्जाराले बताए।

दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार गर्ने कार्य भइरहेको थियो। त्यसैमाथि आज सुक्खा पहिरो खसेको हो। दाउन्ने खण्डमा हाल सडक विस्तारका लागि दैनिक राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर काम गर्ने गरिएको छ। रासस

प्रकाशित: Apr 22, 2025| 16:03 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्