बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कक्षा १२ को परीक्षा नसर्ने, शिक्षक नभए निजामति कर्मचारी खटाइने

कक्षा १२ को परीक्षा नसर्ने, शिक्षक नभए निजामति कर्मचारी खटाइने

 |  मंगलबार, वैशाख ९, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०८२

काठमाडौं- शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने-नहुने अन्योल भइरहेका बेला सरकारले परीक्षा नसर्ने स्पष्ट पारेको छ।

निजामती कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा तोकिएको छ। बोर्डले आन्दोलनमा रहेका शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ।

बैठकमा परीक्षा सञ्चालनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिने विषयमा छलफल भएको थियो। आन्दोलनमा सहभागी नभएका शिक्षकलाई केन्द्राध्यक्ष र निरीक्षक राख्न सकिने विषयमा पनि छलफल भएको थियो। 

प्रकाशित: Apr 22, 2025| 10:26 मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्