बुधबार, फागुन ६, २०८२

स्वास्थ्यको कारण देखाएर शिक्षामन्त्रीले दिइन् राजीनामा

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रतिकूल स्वास्थ्य स्थितिका राजीनामा दिएको उनले बताएकी छन्।

National life

भट्टराई गत फागुनयता बिरामी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी गत ११ फागुनमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। डाक्टरले आराम गर्न सुझाव दिए पनि उनी मन्त्रालयको नियमित काममा गइरहेकी थिइन्।

उनको राजीनामालाई शिक्षक आन्दोलनसँग पनि जोडेर हेरिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहेको छ। 

नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि शिक्षकहरूले आन्दोलन मोर्चा नछाडेपछि उनीमाथि दबाब बढेको थियो। यसअघि शिक्षा मन्त्रालयले वार्ताको कोसिस गरे पनि माग पूरा गर्ने सर्तमा मात्रै बस्ने अडान शिक्षकहरूले लिएका थिए।

शिक्षकहरू आन्दोलित रहेकै बेला भट्टराईले वैशाख २ गते सभामुख देवराज घिमिरेसहितसँग शिक्षा ऐन अघि बढाउने विकल्पका बारेमा छलफल गरेकी थिइन्। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक महासंघका नेताहरूसँग बालुवाटारमा दुई घण्टा वार्ता गरेका थिए। त्यसयता सरकार र शिक्षकहरूबीच संवादहीनताको अवस्था छ।

Laxmi sunrise bank

प्रकाशित: Apr 21, 2025| 19:18 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्