बिहीबार, पुस १०, २०८२

तीन बालक दानव नदीमा बेपत्ता

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

काठमाडौं- रूपन्देहीको एक नदीमा तीन जना बालक बेपत्ता भएका छन्।

National life

सोमबार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका हुन्।

बालकहरूको खोजी गर्न सशस्त्र प्रहरी बलको टोली खटिएको छ। बेपत्ता हुनेमा १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन्। उनीहरू पौडी खेल्ने क्रममा आज दिउँसो करिब साढे १२ बजे बेपत्ता भएका हुन्। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली पुगेर खोजी थालेको छ।
 

प्रकाशित: Apr 21, 2025| 15:35 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्