शुक्रबार, असार ५, २०८३

क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको निधन

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

विश्वकै ठूला धार्मिक नेतामध्येका एक क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ।

National life

भ्याटिकनको सान्ता मार्था निवासमा बिहान ७:३५ बजे ८८ वर्षको उमेरमा उनले अन्तिम सास लिएको बीबीसीले उल्लेख गरेको छ। 'हाम्रो प्रिय धर्मगुरु पोप फ्रान्सिस आज प्रभुको घर फर्कनुभयो। उहाँको सम्पूर्ण जीवन प्रभु र क्याथोलिक चर्चको सेवामा समर्पित रह्यो,' भ्याटिकनका कार्डिनल फेरेलले पोपको निधनको घोषणा गर्दै भनेका छन्।

पोप फ्रान्सिसले परम्परागत गहन अन्त्येष्टि प्रक्रियाको सट्टा आफ्नो अन्त्येष्टि सरल र जनमैत्री बनाउन मृत्यु अगाडि नै भनेका थिए। पहिलेका पोपहरूलाई तीन तहको विशेष कफिनमा राखेर अन्त्येष्टि गरिन्थ्यो। पोप फ्रान्सिसलाई भने जिंकले छोपिएको साधारण काठको कफिनमा राखिनेछ।

एक शताब्दीयतापछि पोप फ्रान्सिस पहिलो त्यस्तो पोप हुनेछन्, जसको अन्त्येष्टि भ्याटिकनबाहिर हुनेछ। उनको अन्त्येष्टि रोमस्थित 'बेसिलिका अफ सन्त मेरी मेजर'मा गरिनेछ। यो रोमका ४ प्रमुख पोप गिर्जाघरहरूमध्ये एक हो।

पोप फ्रान्सिस (जर्ज मारियो बेरगोलियो) सन् २०१३ मा पोप चयन हुँदा ७० वर्ष पार गरेका थिए। उनी पहिलो गैरयुरोपेली पोप हुन्।
 

Shivam cement

प्रकाशित: Apr 21, 2025| 15:24 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्