बिहीबार, पुस १०, २०८२

शुक्लाफाँटामा ६ करोडको खानेपानी आयोजना

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-२ ढकनियाँमा ६ करोड ८० हजार रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ।

National life

उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँचसय १० परिवार लाभान्वित भएका छन्। संघीय सरकार र नगरपालिकाको ५०/५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो।

नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुईसय २५ घन मिटरको ट्यांकी, पाँचसय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ। 
 
उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० बैशाखमा सम्झौता भएको हो।

सम्झौताअनुसार २०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो। सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घर घरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिए। रासस

प्रकाशित: Apr 21, 2025| 17:01 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्