सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीश पौडेल र निरौलाको इजलासमा

गभर्नर नियुक्तिसम्बन्धी रिट न्यायाधीश पौडेल र निरौलाको इजलासमा

 |  सोमबार, वैशाख ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

vianetvianet

काठमाडौं-  राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ।

triton college

गभर्नर बन्न उमेर हद संशोधन गरी हटाएको र गुणाकर भट्टको योग्यता नपुगेको भन्दै दायर रिट सोमबार न्यायाधीशहरू महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा परेको हो।

आइतबार पनि उक्त रिट पेसीमा चढेको थियो। न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेकोमा हेर्न नभ्याइनेमा राखिएको थियो। 

अधिवक्ता विशाल थापाले गभर्नरको नियुक्तिमा उमेर हदसम्बन्धी मापदण्डलाई संशोधन गरी हटाएको विरूद्ध रिट दायर गरेका थिए। वैशाख २ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले ६५ वर्षे उमेर हद हटाउने गरी भएको संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी आइतबार छलफलका लागि दुबै पक्षलाई बोलाएको हो। त्यसअघि थापाले गत शुक्रबार नै गुणाकर भट्टलाई सरकारले गभर्नर बनाउन लागेको तर उनको योग्यता नै नपुग्ने दाबीसहित पूरक निवेदन दिएका थिए।

National life insurance

अधिवक्ता थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र राष्ट्र बैंकलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
 

प्रकाशित: Apr 21, 2025| 11:41 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्