NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पाथीभरा दुर्घटनाका घाइते आमाछोरालाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

पाथीभरा दुर्घटनाका घाइते आमाछोरालाई हेलिकप्टरमा काठमाडौं ल्याइयो

 |  सोमबार, वैशाख ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

vianetvianet

ताप्लेजुङको पाथीभरा गइरहेको सवारीसाधनमा करेन्ट प्रवाह भई आगो लाग्दा भएको घटनाका घाइते आमाछोरालाई उपचारका लागि काठमाडौं ल्याइएएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेहरुलाई उपचारका हेलिकोप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।

घाइते आमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने ४५ वर्षीय सबिना आचार्य र छोरा १० वर्षीय अभियम आचार्यलाई काठमाडौं ल्याइएको छ। सबिनाको शरीरका विभिन्न भाग जलेको छ भने छोरा अभियमको स्वास्थ्य अवस्था जोखिममुक्त रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन्। घाइतेलाई लिन दुई विशेषज्ञ चिकित्सकसहित सबिनाका श्रीमान् निरज आचार्य ताप्लेजुङ पुगेका थिए। उनी पेसाले चिकित्सक हुन्।

सोमबार बिहान भएको घटनामा सबिना र निरजका १६ बर्षिया छोरी आध्या, सबिनाका बुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ बर्षिया सरिता र मे १ ज ३०११ को सवारीका चालक फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भइसकेको छ।

बिहान पाथीभरा मन्दिरको दर्शनका लागि फुङलिङबाट हिँडेको सवारीमा पाथीभरा क्षेत्रको तेर्से र गुन्द्रे भन्ने स्थानको बीच भागमा हाइटेन्सन लाइन विद्युतको लत्रिएको तार परेको थियो। सोही विद्युतको करेन्ट प्रवाह भई सवारी पूर्ण रुपमा जलेको छ भने सवार ६ मध्ये चालकसहित ४ जनाको ज्यान गएको छ ।

Metro Mart

प्रकाशित: Apr 21, 2025| 11:37 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्