बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश फुयाँलको इजलासमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश फुयाँलको इजलासमा

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी आज तोकिएको छ।

National life

रविको निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा तोकिएको हो।

आइतबार उनकी पत्नी निकिता पौडेलले उक्त रिट दर्ता गरेकी हुन्। रिटमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकालीलगायतलाई विपक्षी बनाइएको छ।  

यसअघि उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै थुनामा पठाउने आदेश गरेपछि यसविरुद्ध रविले कारागारबाटै निवेदन दर्ता गराएका थिए। यसमा उच्चको आदेश खारेजीको माग छ। तर, थुनामा रहेका लामिछानेको मुद्दा टुंगो लाग्न समय लाग्ने देखिएपछि परिवारले तुरुन्त रिहाइको मागसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको हो। 

प्रकाशित: Apr 21, 2025| 11:33 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्