बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

 |  सोमबार, वैशाख ८, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

काठमाडौं- दर्शनार्थी लिएर ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो।

उक्त घटनामा परी चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीको भनाइ छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Apr 21, 2025| 07:12 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्