सोमबार, वैशाख ८, २०८२

यस्तो छ आजको मौसम

 |  सोमबार, वैशाख ८, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ८, २०८२

vianetvianet

काठमाडौं- हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

triton college

सोमबार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। पछिल्लो ६ घन्टायता कोशी प्रदेशका एक-दुई स्थानमा बाहेक अन्तयत्र वर्षा भएको छैन।

सोमबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

त्यस्तै  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

National life insurance

प्रकाशित: Apr 21, 2025| 06:59 सोमबार, वैशाख ८, २०८२
प्रतिक्रिया दिनुहोस्