NadaNada
शुक्रबार, भदौ ६, २०८२

सर्लाहीमा बालकसहित दुईजनाको शव फेला

 |  आइतबार, वैशाख ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

सर्लाहीका छुट्टाछुट्टै स्थानमा बालकसहित दुई जनाको शव फेला परेको छ ।

पर्सा गाउँपालिका–४, जिगड्वास्थित इँट्टा भट्टामा काम गर्ने भारतको बिहार राज्यका ४ वर्षीय सुजित माझीको इँट्टा भट्टा परिसरमा खनेको खाडलमा जमेको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

पर्सा–२, सङ्ग्रामपुरस्थित सैलश बाबा मन्दिरमा लागेको मेला हेर्न गएका बालक तीन दिनदेखि बेपत्ता थिए । उनका परिवारका सदस्यले खोजविनका लागि प्रहरी चौकी नारायणपुरमा निवेदन दिएका थिए । खोजी गर्ने क्रममा माझी खाडलमा डुबेको अवस्था फेला परेका प्रहरीले जनाएको हो ।

यस्तै लालबन्दी नगरपालिकास्थित लखन्देही खोलामा एक पुरुषको शव फेला परेको छ । लालबन्दी–२, जुटपानीस्थित जीर्ण झोलुङ्गे पुलमुनि स्थानीय ४५ वर्षीय लक्ष्मण महतोको शव फेला परेको प्रवक्ता राईले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित: Apr 20, 2025| 18:39 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्