NadaNada
शुक्रबार, भदौ ६, २०८२

मौरीपालक किसानको संख्या बढ्दा उत्पादन भने घट्यो

 |  आइतबार, वैशाख ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

चितवन- गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ। अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो। 

उनले भने, 'लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ।' अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो।

अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन्। तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उनले बताए।

Metro Mart

उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन्। घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ। अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या ६ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर ६ हजार ८३० पुगेको उनले बताए।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए। विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासंघले जनाएको छ। रासस

प्रकाशित: Apr 20, 2025| 17:08 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्