आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा र बीमा प्राधिकरणबीच विद्युतीय सवारीसाधनको बीमा नीतिबारे छलफल

नाडा र बीमा प्राधिकरणबीच विद्युतीय सवारीसाधनको बीमा नीतिबारे छलफल

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं- नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) र नेपाल बीमा प्राधिकरणबीच विद्युतीय सवारीसाधनको बीमाका विषयमा छलफल भएको छ।

National life

शुक्रबार बीमा प्राधिकरणको कार्यालयमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलबीच विद्युतीय सवारीसाधनको बीमा नीतिबारेमा छलफल भएको हो।

छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारीसाधनको हालसम्म बीमा नीति तयार नभइसकेकाले विद्युतीय सवारीसाधनको बीमाका लागि नीति निर्माणको आवश्यकता रहेको बताए।

बीमा प्राधिकरणका अध्यक्ष ओझाले विद्युतीय सवारीसाधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनबारे प्राधिकरणले आवश्यक नीति बनाउनुपर्नेमा जोड दिए। प्राधिकरणले बीमा नीतिमा विद्युतीय सवारीसाधनको स्पेयर पार्ट्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण, क्लेम प्रक्रियामा सुधार, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको बताएका थिए।

अध्यक्ष ओ‌झाले प्राधिकरणले नाडालाई बीमा नीति निर्माणको काममा प्रत्यक्ष संलग्न गराउने बताएका थिए। छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी, बीमा लेख महाशाखा प्रमुख निर्मल अधिकारी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य यमुना श्रेष्ठ र नाडाका साधारण सदस्य महेश पाल सहभागी थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 20, 2025| 15:54 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्