बिहीबार, पुस १०, २०८२

दोहोरो अंकले घट्यो नेप्से

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो।

National life

आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२ र व्यापार समूह एक दशमलव ०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ७०, विकास बैंक शून्य दशमलव ७९, वित्त एक दशमलव २७, होटल तथा पर्यटन एक दशमलव ३६, जलविद्युत् एक दशमलव २२ र लगानी समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ। 

त्यस्तै, जीवन बिमा शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव २२ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सात दशमलव ३३ प्रतिशतले घटेको छ।

Laxmi sunrise bank
kumari

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ६८ करोड ७६ लाख ९७ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: Apr 20, 2025| 15:53 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्