बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दराज नेपालले खुला गर्‍यो फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन

दराज नेपालले खुला गर्‍यो फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं- दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ। नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो गु्रप–वाइड म्यानेजमेन्ट ट्रेनी कार्यक्रम हो।

National life

भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु यसको उद्धेश्य रहेको छ। १५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने यो प्रोग्राम, सन् २०२५ को जुलाईदेखि सुरु हुने जानकारी दिइएको छ। कार्यक्रम अन्तर्गत सहभागीले कम्पनीका मुख्य विभागमा संरचित तरिकाले घुम्ती प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन्।

वरिष्ठ नेतृत्वको मार्गदर्शनमा स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। डीएफएलपी २०२५ हालै, १ वर्षभित्र स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाका लागि खुला गरिएको छ। उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जानकारी दिएको छ।

आवेदन वैशाख ८ देखि १४ दिनसम्म खुला रहनेछ। इच्छुक उम्मेदवारले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन्। विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयबाट योग्य युवाको छनोट गर्नेछ। उनीहरुलाई द्रुत गतिमा अघि बढिरहेको प्रविधि निर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान हुनेछ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ। यस अनुभवले एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्न सक्ने व्यक्ति बनाएको नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णको अनुभव छ।

Laxmi sunrise bank
kumari

डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ। यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवालाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बनाउने लक्ष्य लिएको छ। प्रोग्राम सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा उल्लेख गरिएको छ।

प्रकाशित: Apr 20, 2025| 15:51 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्