शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

लुम्बिनी विकास बैंकद्वारा पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

National life

काठमाडौं- लुम्बिनी विकास बैंकले पर्वतारोही कामी रिता शेर्पा ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणमाो जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ।

सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथा पुर्‍याई सकेका छन्। उक्त कार्यक्रममा पुनः तेश्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले किर्तिमानी पर्वतारोही कामी रिता शेपा लाई हस्तान्तरण गरे।

पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्द छन्। उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले ३१औं आरोहण गर्न लागेको जानकारी दिए।
 

प्रकाशित: Apr 20, 2025| 15:50 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्