बिहीबार, असोज १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइनेमा

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टविरुद्धको रिट हेर्न नभ्याइनेमा

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं- नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक​ गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा परेको पूरक निवेदन र गभर्नरको उमेर हदसम्बन्धी मापदण्डविरुद्धको रिट आज हेर्न नभ्याइनेमा परेको छ। 

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको इजलासमा परेको पूरकसहितको रिट ४०औं नम्बरमा थियो। सर्वोच्चले यसअघि गभर्नरको उमेरजन्य योग्यता संशोधन कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो। 

अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई आज बोलाइएको थियो। तर, दुवै रिट हेर्न नभ्याइनेमा परेका छन्। अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइएको छ। 
 

प्रकाशित: Apr 20, 2025| 15:27 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्