आइतबार, वैशाख ७, २०८२

अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन

 |  आइतबार, वैशाख ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

काठमाडौं- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन भएको छ। ट्रम्पले हालसालै लिएका निर्णयहरूको विरोधमा अमेरिकी नागरिकले विभिन्न शहरमा प्रदर्शन गरेका हुन्।

triton college

यो आन्दोलनलाई ‘५०५०१’ भनिएको छ। यसको अर्थ ‘५० प्रदर्शन’, ‘५० राज्य’ र ‘१ आन्दोलन’हो। अमेरिकामा कुल ५० राज्य रहेका छन्।

प्रदर्शनकारीहरूले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी’ ले सरकारी जागिरमा गरेको कटौती र अन्य खर्च कम गर्न गरेको निर्णयविरूद्ध प्रदर्शनकारीहरूले विरोध गरेका छन्।

प्रदर्शनकारीहरूले गल्तीले अल साल्वाडोर निर्वासित गरिएका किल्मर अब्रेगो गार्सियासहित अन्य मुद्दाका विरोधमा प्रदर्शन गरेका छन्। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले न्यूयोर्क, वासिङ्टनलगायतका सहरहरूमा राष्ट्रपति ट्रम्पविरूद्ध प्रदर्शन गरेका हुन्।

प्रकाशित: Apr 20, 2025| 15:24 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्