शुक्रबार, असार ५, २०८३

सिंहदरबार वरपरका सडकमा गाडी चलाउन रोक, सुरक्षा व्यवस्था कडा

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

National life

सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, सिंहदरबार वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान भएका छन्।

प्रहरीले ब्यारिकेड राखेर बाटो बन्द गराएको छ। सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन्। सिंहदरबारको पर्खाल वरिपरि दंगा प्रहरीलाई खटाइएको छ।

दंगा नियन्त्रण टोली र पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ। सिंहरदबार प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ। 

राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने, पक्राउ परेका आफ्ना नेताहरुको रिहाइ गर्नुपर्ने लगायतका माग राखेर काठमाडौंमा आज प्रदर्शन आयोजना गरेको हो।

Shivam cement

प्रदर्शनस्थलमा जानुअघि नै प्रहरीले सिंहदरबारभित्रैबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ। उनीहरुले आफ्ना माग लेखिएका पम्प्लेट बोकेर सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
 

प्रकाशित: Apr 20, 2025| 15:23 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्