NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रमा प्रदर्शन, राप्रपा अध्यक्ष लिङ्‍देनसहित नेताहरु पक्राउ

प्रहरीलाई झुक्याएर निषेधित क्षेत्रमा प्रदर्शन, राप्रपा अध्यक्ष लिङ्‍देनसहित नेताहरु पक्राउ

 |  आइतबार, वैशाख ७, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

vianetvianet

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गरेका छन्।

तीनकुने घटनाका न्यायिक छानबिन गर्न भन्‍दै राप्राका कार्यकर्ताहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्‍न भनेर पुगेका थिए।

त्यसलगत्तै सडक आन्दोलनमा सहभागिताका लागि निस्किन खोज्दा राप्रपा अध्यक्ष लिङ्‍देन, ज्ञानेन्द्र शाही, दीपक सिंहलगायत नेता तथा सांसदहरूलाई सिंगदरबारभित्रै प्रहरीले रोक्‍ने प्रयास गरे। प्रहरीले रोक्‍ने प्रयास गरेपछि उनीहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरीले अध्यक्ष लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरूलाई सिंहदरबारबाटै नियन्त्रणमा लिएको छ।  उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको छ।

नेताहरू पक्राउ परेपछि राप्रपाका नेता तथा कार्यकर्ताहरूले माइतीघरमा नारीबाजी गर्दै प्रदर्शन गरिहरिरहेका छन्।

Metro Mart

प्रकाशित: Apr 20, 2025| 15:17 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्