शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राप्रपाको आन्दोलनलाई लक्षित गरेर बबरमहल क्षेत्रमा कडा सुरक्षा व्यवस्था

राप्रपाको आन्दोलनलाई लक्षित गरेर बबरमहल क्षेत्रमा कडा सुरक्षा व्यवस्था

 |  आइतबार, वैशाख ७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०८२

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी बबरमहल-बिजुलीबजार-बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

National life

आज बिहानदेखि नै सो क्षेत्रमा यात्रुवाहक सवारीसाधन चल्न दिइएको छैन भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

राप्रपाले पार्टीको बैठकबाटै निर्णय गरेर आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको छ। सोही क्षेत्रमा शिक्षकहरूले पनि प्रदर्शन गर्दै आएका छन्। आज प्रदर्शन जुधेपछि शिक्षकहरुले बिहान ९ बजे नै सडकमा निस्किएका थिए। राप्रपाको प्रदर्शन १२ बजे सुरु हुनेछ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं, सरकारले नडराए हुन्छ,’ सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले भनेका छन्।

राप्रपाले निषेधित क्षेत्र तोड्ने भनेपछि शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी कानुन विपरीत गतिविधि गर्ने जोसुकैलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो।

Shivam cement

प्रकाशित: Apr 20, 2025| 10:16 आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्