शुक्रबार, असार ५, २०८३

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

 |  शनिबार, वैशाख ६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

काठमाडौं- समन्यायीक समाज नेपालले सप्तरी सुरुङ्गा–७ हरिपुर रामकोटकी १८ वर्षीया पुजाकुमारी रामको हत्यामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

National life

समाजका अध्यक्ष भक्त विश्वकर्माले जारी गरेको प्रेस विज्ञप्तिमा पूजाकुमारी घरबाट राति एक्कासि बेपत्ता भएपश्चात् घरदेखि एक किलोमिटर दक्षिणतर्फ तिनगक्षियोंमा यही वैशाख २ गते मङ्गलबार मृत भेटिएको घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको हो।

समाजले दलित महिलामाथि हुने यौन हिंसा र त्यसले जन्माएको मृत्युको दुःखद् घटनाप्रति विरोध गर्दै उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन नेपाल सरकार, प्रहरी प्रशासनसमक्ष माग गरेको छ।

त्यसैगरी, समाजले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–३ जगतपुर, दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माथि यौन दुव्र्यवहार तथा बलात्कार प्रयासपश्चात् आफ्नै माइतीघरमा झुन्डिएको अवस्थामा यही वैशाख ३ गते मृत फेला परेको घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ।

पीडितले युवा २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले जबर्जस्ती करणी गर्न प्रयास गरेपछि प्रहरीमा उजुरी दिएको तर प्रहरीले जाहेरी लिन नमानेको देखिएको छ। उक्त घटनाको गम्भीर अध्ययन गरी दोषीलाई कारबाही गर्न समाजको आग्रह छ।

Shivam cement

प्रकाशित: Apr 19, 2025| 08:31 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्