शुक्रबार, असार ५, २०८३

गुल्मीमा चार महिनामै बन्यो पक्की पुल

 |  शनिबार, वैशाख ६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

गुल्मी- गुल्मीका एक निर्माण व्यवसायीले डेढ वर्षमा बन्ने पुल चार महिनामै निर्माण गरेका छन्। निर्माण व्यवसायी विजय खनालले गुल्मीको मदाने गाउँपालिकाअन्तर्गत अग्लु फेँदी खोला पुल चार महिनामै निर्माण सम्पन्न गरेका हुन्।

National life

जिल्लामा सञ्चालित कैयौँ विकास योजनाहरू केही निर्माण व्यवसायीले समयमा काम नगरी अलपत्र परिहेको अवस्थामा खनालले डेढ वर्षको अवधिमा निर्माणसम्पन्न गर्नुपर्ने काम चार महिनामै सम्पन्न गरेका हुन्। गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्यूठान जोड्ने सडकमा पक्की पुल निर्माण गरिएको छ। छोटो अवधिमै पुल निर्माणको काम नगरेर खनालले काम गर्ने इच्छाशक्ति भएमा तोकिएको समय नै पर्खनुपर्छ भन्ने मान्यतालाई चिरेर नयाँ उदाहरण प्रस्तुत गरेका छन्।

उक्त पुल निर्माणका लागि गत वर्ष जेठमा सम्झौता भएपछि बर्सात सुरु भएको र त्यसपछि दसँैतिहारजस्ता चाडपर्वहरू परेका कारण त्यसपछि मङ्सिर महिनादेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माणको काम सम्पन्न गरिएको निर्माण व्यवसायी विजय खनालले बताए। तर समयमै काम सम्पन्न गरे पनि ६० लाख रुपैयाँ अझै भुक्तानी पाउन बाँकी रहेको खनालले गुनासो गरे।

खनालले आफूले निर्माणको जिम्मा लिएका ९९ प्रतिशत योजनामा म्याद थप नगरेको बताए। यति छोटो समयमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकहरु पनि अचम्म परेका छन्। मदाने गाउँपालिका–१ का वडाध्यक्ष सुशील चन्दले निर्माण व्यवसायीमा इच्छाशक्ति भएमा योजना कसरी सम्पन्न हुन्छन् भन्ने नयाँ उदाहरण खनालले देखाएको बताए।

सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो। उक्त पुल भ्याटसहित रु चार करोड १४ लाख २९ हजार ९७९ को लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिए।

Shivam cement

गत मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले पुलको शिलान्यास गरेका थिए।

प्रकाशित: Apr 19, 2025| 08:26 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्