शनिबार, वैशाख ६, २०८२

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

 |  शुक्रबार, वैशाख ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

vianetvianet
triton college
National life insurance

कलैया (बारा)- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा आज टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। 

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय नारायणहरि शर्मा र तत्काल नाम, थर, वतन नखुलेको कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका दुवै जनाको प्रसूति अस्पताल निजगढ बारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए। टिपर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित: Apr 18, 2025| 21:25 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्