बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंबाट जाँदै गरेको गाडी मकवानपुरको धरमपानीमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंबाट जाँदै गरेको गाडी मकवानपुरको धरमपानीमा दुर्घटना, दुई जनाको मृत्यु

 |  शुक्रबार, वैशाख ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

भीमफेदी- मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। 

National life

आज राति १:०० बजे मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १:०० बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। गाडीमा चालकसहित १६ जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो।

Laxmi sunrise bank
kumari

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित: Apr 18, 2025| 07:44 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्