बिहीबार, पुस १०, २०८२

आगलागीमा ६० लाख बराबरको क्षति

 |  शुक्रबार, वैशाख ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

इनरुवा- सुनसरीको कोशी गाउँपालिका-६ मा बिहीबार आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ।

National life

गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको थियो। जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए।

स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए।

आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ। त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Apr 18, 2025| 07:04 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्