काठमाडौँ- सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको छ।
बिहीबार बसेको गृह मन्त्रालय बढुवा सिफारिस समितिको बैठकले ६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुने डीआईजीहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन्।
जनपद प्रहरी समूहतर्फका प्रहारी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।