बिहीबार, पुस १०, २०८२

पश्चिमी र स्थानीय वायुले गरायो देशैभर वर्षा

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

काठमाडौं- पश्चिमी र स्थानीय वायुका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। उपत्यकाका केही स्थानमा हावाहुरी र चट्याङसहित मुसलधारे वर्षा भएको छ।

National life

जल तथा मौसम विज्ञान विभागका अनुसार यतिबेला नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु सक्रिय छ। यो पानी पार्ने प्रणाली अघिल्लो हप्तादेखि नै सक्रिय थियो। बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायु नेपालतर्फ आइरहेकाले काठमाडौंसहित देशैभर पानी परिरहेको मौसमविद्ले बताएका छन्।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी पारिरहेको प्रणाली पूर्वतिर सरिरहेको छ। पछिल्लो तीन घन्टायता अर्घाखाँची, गुल्मी, प्यूठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत विभिन्न जिल्लामा वर्षा भइरहेको छ। कर्णाली प्रदेशमा भने न्यून वर्षा भएको छ।

देशैभरि पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी भू–भागका थोरै ठाउँहरूमा पानी पर्ने सम्भावना रहेकाले बालीनाली भित्र्याउने काम नगर्न मौसम विभागले भनेको छ। जल तथा मौसम विज्ञान विभागले यो हप्ताभरिकै मौसममा सुधार नआउने भएकाले गहुँ, मुसुरोलगायत बाली अर्को हप्तामात्रै भित्र्याउन भनेको छ।

प्रकाशित: Apr 17, 2025| 16:43 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्