बिहीबार, असोज १५, २०८३

बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

काठमाडौं- बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ।

न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिएको हो।

भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको थियो। फैसलाको पूर्ण पाठसमेत सार्वजनिक भइसकेको छ र उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्।

बम्जन सिन्धुपाल्चोकमा आश्रम चलाउँथे। रौतहटकी गंगामाया तामाङले आफूलाई आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध २०७६ असोज २३ गते जाहेरी दिएकी थिइन्।

जिल्ला अदालत सर्लाहीले २०८१ असार १७ गते बम्जनलाई १० वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना तोकेको थियो।
 

प्रकाशित: Apr 17, 2025| 15:49 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्