बिहीबार, पुस १०, २०८२

सहकारीले बाँड्यो ढाकावाङका किसानलाई मौरी पाल्ने सामान

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ। प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो।

National life

यहाँ आयोजित एक कार्यक्रमकाबीच भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरेका हुन्।

नगरप्रमुख थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न किसानलाई आग्रह गर्दै व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बाबजुद नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीसहित आवश्यक सामग्री वितरण गरेको बताए।

नगरउपप्रमुख बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत नेपाली, योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाललगायतले मौरीपालन पेसा सहजै जस्तो भए पनि किसानले चरनको समस्या झेल्ने गरेका बताए। मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि बालीमा कडाखालका विषादी प्रयोग घटाउनुपर्नेमा उनीहरूले जोड दिए।

सहकारीमा आबद्ध एक सय किसानलाई भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपरसहित माहुरी घार, चार सय २५ थान मह प्याक गर्ने प्लास्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, तीन सय थान लेवलिङ छपाइ, स्ट्याण्डलगायत सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष भुसालले जानकारी दिए। उनका अनुसार ती सामग्री वितरणपूर्व किसानलाई दुईदिने तालिमसमेत दिइएको थियो।

Laxmi sunrise bank
kumari

अनुदानमा मौरीसहित सामग्री पाएसँगै किसान उत्साहित हुँदै खुसी व्यक्त गरेका छन्। मौरीपालन व्यवसायलाई थप प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ।

कार्यक्रममा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, वडा नं १ का वडाध्यक्ष गोपालप्रसाद खनाल, वडा नं ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, कर्मचारी र किसानको उपस्थिति थियो। रासस

प्रकाशित: Apr 17, 2025| 19:01 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्