शनिबार, जेठ १०, २०८२

५१ दिन चल्यो लाज शरणम्, कति कमायो ?

 |  बिहीबार, वैशाख ४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

vianetvianet

काठमाडौं- कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’ ले बिहीबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यो फिल्म अहिले काठमाडौंका क्यूएफएक्स, आइएनआई चेनसहित एफक्युब, कीर्तिपुर, बीएसआर, रञ्जना, बिग र सीडीसीमा प्रदर्शनरत छ।

दमक र बुटवलका हलमा पनि फिल्म प्रदर्शनरत भइरहेको छ। सीताराम कट्टेलले अभिनयमा पुनरागमन गरेको यो फिल्मले सुन तस्करीको जालोदेखि समसामयिक राजनीतिक प्रवृत्तिलाई व्यंग्य गरेको छ।

फिल्मले प्रदर्शनको ५१ दिनसम्म देशव्यापी ४ करोड ५२ लाख रुपैयाँ ग्रस कमाइ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्स अफिसमा उल्लेख छ। यो फिल्म २०८१ सालमा धेरै कमाउने शीर्ष  १० को सूचीमा अटाएको छ। 
फिल्ममा सीतारामसहित महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा लगायतको अभिनय छ।

प्रकाशित: Apr 17, 2025| 12:55 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्