तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ गल्छिनास्थित सडकमा लु.प्र.-०१-०००१ प ५६६८ नम्बरको मोटरसाइकल र लु.१४ प २२४७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा लु.प्र.-०१-००१ प ५६६८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३ कवासे बस्ने १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका लु.१४ प २२४७ नम्बरको मोटरसाइकल चालक समेत २ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ।
यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ डम्पिङस्थित सडकमा ना.४ च ८३९० नम्बरको भ्यान र ग.१६ प १५७० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही गाउँपालिका-३ आँबुखैरेनी बस्ने १९ वर्षीय रूपेश गुरूङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका-५ याङसिला चोकस्थित सडकमा मे.१ च ५१९३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा बोलेरो चालक पाँचथर फिदिम नगरपालिका-३ बस्ने २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य चौकी तापेथोकमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित मन्दिर नजिक भित्री गल्लीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ स्थित पार्कको फलामको बेन्चमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्।
उदयपुर, वेलका नगरपालिका-३ जुलेबी टोलस्थित कास घारीमा सोही ठाउँ डेरा गरी बस्ने लिम्चुङबुङ गाउँपालिका-१ घर भएका ५० वर्षीय प्रेम राई बुधबार मृत अवस्थामा फेला परेका छन्।