बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • केही जिल्लामा चट्याङसहितको वर्षा, मौसमी प्रणाली पूर्वतिर सर्दै

केही जिल्लामा चट्याङसहितको वर्षा, मौसमी प्रणाली पूर्वतिर सर्दै

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

काठमाडौं- हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको वायुको  प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण अहिले दाङ, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र जाजरकोटमा चट्याङसहित पानी परिरहेको छ। 

National life

चट्याङका कारण जनधनको क्षति हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

विभागका अनुसार डडेलधुरा,दिपायल,पोखरा,काठमाडौंलगायत देशभरीका विभिन्न सहरमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। आज सबैभन्दा बढी तापक्रम धनगढीमा (३६ डिग्रीसम्म) र सबैभन्दा कम आज राती जोमसोममा (४ डिग्रीसम्म) पुग्न सक्ने सम्भावना छ। 

यसैगरी कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। आज राती कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । 

Laxmi sunrise bank
kumari

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनेछ। 

प्रकाशित: Apr 17, 2025| 11:38 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्